हङकङ प्रदर्शनमा प्रहरीलाई पानीको बोतल हान्नेलाई साढे २ वर्ष जेल

हङकङ प्रदर्शनमा प्रहरीलाई पानीको बोतल हान्नेलाई साढे २ वर्ष जेल

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १३:१, काठमाडौँ

दुई वर्षअघि हङकङमा भएको प्रदर्शनमा प्रहरीलाई पानीको बोतल प्रहार गर्ने एक व्यक्तिलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०१९ मा हङकङमा भएको सरकारविरोधी प्रदर्शनको क्रममा दंगा फैलाउन सहयोग गरेको आरोपमा लाइ चुन–लोक नाम गरेका व्यक्तिलाई करिब साढे दुई वर्षको जेल सजाय सुनाइएको हो। 

हङकङले ल्याएको सुपुर्दगी विधेयकको विरोधमा हङकङमा सन् २०१९ मा ठूलो प्रदर्शन भएको थियो। यो प्रदर्शनको क्रममा २९ वर्षीय चुन–लोकले प्रहरी अधिकारीहरुमाथि प्लास्टिकको बोतलले प्रहार गरेका थिए।

उनले सपिङ मलभित्र पसेर त्यहाँका मानिसहरुलाई भड्काउने प्रयास गरेका थिए। भवनको सीसी क्यामेराको सहयोगमा उनको पहिचान भएको थियो। 

चुन लोकले आफ्नो बाटो अन्य मानिसहरुले रोकेकाले रिसाएर बोतल फ्याँकेपनि केही गलत काम भने नगरेको भन्दै आफ्नो बचाउ गरेका थिए। न्यायाधीशले भने उनको दाबी अस्वीकार गर्दै करिब साढे २ वर्षको जेल सजाय सुनाएका हुन्। 

न्यायाधीशले यो मुद्दा त्यति धेरै गम्भीर प्रकृतिको भने नरहेको बताएका छन्। जसअनुसार साढे २ वर्षको जेल सजायमा उनलाई २ महिना छूट दिइनेछ। यस्ता प्रकृतिको मुद्दामा हङकङमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .