उद्योग वाणिज्य संघ–चितवन र श्रीलंका स्थित सिलोन चेम्वर अफ कमर्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उद्योग वाणिज्य संघ–चितवनका तर्फबाट अध्यक्ष सहनलाल प्रधान र सिलोन चेम्बर अफ कमर्सका तर्फबाट सिलोन चेम्वरका उपाध्यक्ष भिस गोविन्दास्वामीले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले दुइ सहर र दुई देस विचको व्यवसायीक सम्बन्ध र व्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण समयको शुरुवात भएको बताए।
समझादारी बमोजिम दुई देसका उवासंघहरुले द्धिराष्ट्रिय व्यवसायीक प्रबद्र्धनका लागि बिभिन्न कार्यक्रम आयोजना गर्ने, प्रबिधि साटासाट तथा हस्तान्तरण, प्राबिधिक सहयोग गर्ने, अध्ययन अवलोक भ्रमण, तालिम, सेमिनारको आयोजना गर्ने, पूर्वाधार विकासका लागि आ–आफ्नो सरकार मार्फत पहल गर्ने, लगायतका बुंदाहरु भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए।
सोही कार्यक्रममा उवासंघ–चितवनका अध्यक्ष प्रधानले नेपाल भ्रमणका लागि श्रीलंकाका जनताहरुलाई अपिल गर्दै दुइे देस बिचको धार्मिक , सामाजिक, प्राकृतिक तथा आत्मिय घनिष्ठता सम्बन्धि प्रकास पारेका थिए। कार्यक्रममा सिलोन चेम्वरको तर्फबाट छिटैनै एक टोलि नेपाल भ्रमणका लागि आउन लागेको अध्यक्ष प्रधानले जानकारी दिए।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उद्योगी व्यापारीहरुको एक टोली श्रीलंकाको भ्रमणमा रहेको सो क्रममा जानकारी दिइयो।

प्रतिक्रिया