समाज


चिनियाँ मुद्राको अवैध कारोबार गर्ने पक्राउ

चिनियाँ मुद्राको अवैध कारोबार गर्ने पक्राउ

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ९:१२,

जिल्ला प्रहरी कार्यालय जुम्लाले ६ वर्षदेखि फरार रहेका मुगु कार्मारोङ  गाउँपालिका–२ का सोनाम तामाङलाई फक्राउ गरेको छ।

प्रहरीले तामाङलाई चन्दननाथ नगरपालिका ५ कालेखोलीबाट शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। प्रहरीका अनुसार तामाङ चाइनिज मुद्रा (युआन)को अवैध कारोवारी हुन्।

उनलाई सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेको थियो। २०७२ वैशाख ७ गते पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेपछि उनी फरार थिए।

फैसला कार्यान्वयन गर्नका लागि प्रहरीले अप्रेशन चलाएर उनको खोजी गरेको प्रनाउ धामीले बताए। प्रहरीले आइतबार सार्वजनिक गर्दै अदालतमा पुनः पेश गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad