२४ घण्टाभित्र ७ लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ।
३६ करोडभन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ।
अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ। गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५०% भन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको छ ।
११.११ मा बिक्री गर्ने हजारौं व्यवसायहरूमध्ये ५५ प्रतिशतले महामारीको समयमा दराजमा बिक्री सुरु गरेका थिए। यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम भएको कम्पनीले जनाएको छ।
दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, ‘हामी आजको नतिजाबाट खुसी छौं। ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ। यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन भनेर पनि चित्रण गर्दछ।’
पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना ७ लजिस्टिक पार्टनर र १,००० भन्दा बढी डेलिभरी राइडरहरूसंग मिलेर देश भरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित छ।
सेलको सफलताको बारेमा बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, “हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुसी छौं। हाम्रा सबै ग्राहकहरूलाई दराज माथि असीम विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु। ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो।’
अब कम्पनी देशभरका ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन भन्ने सुनिश्चित गर्नमा केन्द्रित रहेको उनले बताए।
११.११ को भव्य सफलतापछि आउने दिनहरुमा ग्राहकहरुको लागि ११.११ का लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ।
Shares

प्रतिक्रिया