ad ad

कारोबार


१ हजार ९ सय कम्पनी तथा फर्मले लिए करोडमाथिको सहुलियत कर्जा, कर्णालीबाट सबैभन्दा कम (सूची)

१ हजार ९ सय कम्पनी तथा फर्मले लिए करोडमाथिको सहुलियत कर्जा, कर्णालीबाट सबैभन्दा कम (सूची)

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १४:४८, काठमाडौँ

सरकारले सहुलियत कर्जाको व्यवस्था ल्याएपछि हालसम्म यस्तो कर्जा लिनेको संख्या १८ सय नाघेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १ हजार ८ सय ९० कम्पनी तथा फर्मले १ करोडभन्दा बढी सहुलियत कर्जा लिएका हुन्। 

आर्थिक वर्ष २०७५÷०७६ देखि सहुलियत कर्जाको व्यवस्था गरिएको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा वितरण भएको छ। 

सरकारले ३ वर्षअघि अर्थात् २०७५÷०७६ को बजेटमार्फत सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको थियो। 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ करोड रूपैयाँभन्दा बढीको कर्जा लिनेमा प्रदेश १ मा ३ सय ४६ फर्म, प्रदेश २ मा ४ सय २०, बागमतीमा ७ सय ९५, गण्डकीमा १ सय ९३, लुम्बिनीमा २ सय ६१, कर्णालीमा प्रदेशमा जम्मा ४ र सुदूरपश्चिममा ७१ वटा ऋणी रहेका छन्। 

सबै गरेर भने अर्थात् साना ठूला सहुलियत कर्जा लिने ऋणीको संख्या भने १ लाख २९ हजार ६ सय ८० पुगेको छ। 

जसमा ५५ वटा बैंक तथा वित्तीय संस्थामार्फत हालसम्म २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो। 

जसले लिए- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .