रेनो नेपालले कोभिड दोस्रो लहरपछिको अटो बजार उत्साहजनक रहेको बताएको छ।
कोभिड दोस्रो लहरपछि चाडपर्व सुरु हुँदा अटो बजारमा उत्साह आएको कम्पनीको भनाइ छ।
रेनो नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रा.लिका महाप्रबन्धक अधिर श्रेष्ठले चाडपर्वमा बढी नयाँ सामग्री खरिद गर्ने भएकाले गाडीको बिक्री राम्रो भएको बताएका छन्।
‘कोभिडले मानिसमा एक किसिमको स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सन्देश मिलेको छ’, महाप्रबन्धक श्रेष्ठले भने, ‘नेपालमा सार्वजनिक यातायातको सुविधा उपयुक्त नहुँदा व्यक्तिगत सवारीसाधनमा मानिसको आकर्षण बढेको हो।’
श्रेष्ठले दशैँ तिहारमा गाडी कम्पनीले आकर्षक अफर ल्याउँदा अटो बजार चलायमान बनाउन सहयोग पु¥याएको बताए।
रेनोले दशैँ तिहार लक्षित रेनो शुभ कार–रम्भ अफर ल्याएको छ।
श्रेष्ठका अनुसार योजना छठसम्म लागू हुनेछ। रेनोका गाडी खरिद गर्दा ३ लाखसम्मको फाइदा, ५ वर्षको वारेन्टी, २ वर्षको निःशुल्क सर्भिस, १ वर्षको सडक दस्तुरसँगै सजिलो फाइनान्सको व्यवस्था पनि गरेको छ।
रेनोले नेपालमा ४ वटा गाडी बिक्रीवितरण गर्दै आएको छ। डस्टर, काइगर, क्विड र ट्राइबर मोडलका गाडीमा स्किम उपलब्ध रहेको श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया