काठमाडौंको कमलादीमा हिमालयन क्यापिटल लिमिटेड नामक वित्तिय संस्था स्थापना गरिएको छ। हिमालयन बैंक लिमिटेडले पुँजीबजारको दिगो विकास गर्ने उद्देश्यका साथ शुक्रबारबाट कारोबार हुने गरी सो वित्तीय संस्था सञ्चालनमा ल्याएको हो।
आजबाटै वित्तीय कारोबार सुरु हुने गरी स्थापना गरिएको सो संस्थाको मुख्य उद्देश्यका पुँजीबजारको दिगो विकासका लागि बैंकिङ सेवा प्रदान गर्नु रहेको कम्पनीका अध्यक्ष सुशील जोशीले जानकारी दिए।
पुँजीबजारको विकासले गति लिन थालेपछि हिमालयन बैंकले सो वित्तीय संस्था स्थापना गरेको हो। पुँजीबजारको दिगो विकास गरी मुलुकका लागि बाह्य लगानी जुटाउन पनि सो वित्तीय संस्था स्थापना गर्नु परेको हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ।

प्रतिक्रिया