शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छपावाला सुन प्रतितोला मूल्य ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।
बिहीबार ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिन प्रतितोला सात सय रुपैयाँले सुनको मूल्य बढेको हो। तेजाबी सुन भने प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा शुक्रबार १० रुपैयाँले बढेको छ। बिहीबार आठ सय ६० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार आठ सय ७० रुपैयाँमा करोबार भएको महासंघले जानकारी गराएको हो।

प्रतिक्रिया