ad ad

कारोबार


प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

सुदीप भण्डारी
असोज २०, २०७८ बुधबार १७:४९, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको नयाँ बजेट ल्याएको छ।

लुम्बिनीका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत् प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गरेका हुन्।  

कूल बजेट मध्ये चालु खर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ अर्थात ३३.३१ प्रतिशत र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ अर्थात ५४.८७ प्रतिशत रहेको छ। 

त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। अघिल्लो शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै कुलप्रसाद केसी नेतृत्वको सरकारले नयाँ बजेट ल्याएको हो। 

पोखरेल नेतृत्वको सरकारले पनि यही आकारको बजेट ल्याएको थियो। त्यसको तुलनामा अहिले चालु तर्फ सवा अर्ब जति घटेको छ भने पूँजीगत तर्फ सबा अर्ब जति नै बढाइएको छ। 

बजेट प्रस्तुत गरिरहँदा प्रतिपक्षी एमालेले भने प्रदेश सभा बैठक बहिस्कार गरेको थियो। त्यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीकाबीच २ वटा विधेयक पारित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .