नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिपो बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज ३ बजे रिपो बिक्रीको लागि बोलकबोल गर्नलागेको हो।
रिपो बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा फाइनान्स कम्पनीहरुले सहभागिता जनाउन सक्ने विभागले जनाएको छ।
यसमा मास्टर रिपर्चेस एग्रिमेन्टलाई अनिवार्य बनाइएको छ। बिक्रीपश्चात् रिपो आजै जारी हुनेछ भने कात्तिक ३ गते बुधबार परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।
12
Shares

प्रतिक्रिया