सुनको मूल्यमा आज गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ८९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन ९० हजार ३ सयमा र तेजाबी सुन ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने चार दिनयता प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔँस ६.१७ अमेरिकी डलरले घटेको छ। गोल्ड प्राइस डट ओआरजीका अनुसार आज प्रतिऔँस १७५३.३१ अमेरिकी डलरमा कारोबार भएको छ।
15
Shares

प्रतिक्रिया