कारोबार


चिप्स अभावकै बीच टेस्लाको कार उत्पादन र बिक्री बढ्यो

चिप्स अभावकै बीच टेस्लाको कार उत्पादन र बिक्री बढ्यो

नेपालखबर
असोज १८, २०७८ सोमबार १५:२६, काठमाडौँ

यो वर्ष तेस्रो त्रैमासिकमा विद्युतीय कार कम्पनी टेस्लाको उत्पादन बढेको छ । 

कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा दुई लाख ३७ हजार आठ सय २३ वटा कार उत्पादन गरेको हो । उसले सोही अवधिमा दुई लाख ४१ हजार तीन सयवटा कार डेलिभरी समेत गरेको जनाएको छ ।

यो भनेको एक वर्षअघिको भन्दा झण्डै दोब्बर हो । सन् २०२० को यही अवधिमा कम्पनीले एक लाख ४५ हजार ३६ वटाा उत्पादन गरेको थियो भने एक लाख ३९ हजार तीन सयवटा बिक्री गरेको थियो । अहिले उत्पादन वृद्धि दर नै ६४ प्रतिशत रहेको सीएनएनले जनाएको छ । 

साथै यसले सन् २०२१ मा कम्पनीको आम्दानी पनि निकै बलियो हुने देखिएको छ । यो तथ्यांकले विश्वका अटो कम्पनीले झेलिरहेको चिप्स अभाव र आपूर्तिको असहजतालाई टेस्लाले भने केही किनारा लगाउन सकेको रुपमा हेरिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad