कारोबार


सेयरबजार २६ सयबाट पनि झर्‍यो, ४ अर्बमा खुम्चियो कारोबार रकम

सेयरबजार २६ सयबाट पनि झर्‍यो, ४ अर्बमा खुम्चियो कारोबार रकम

नेपालखबर
असोज १७, २०७८ आइतबार १५:२३, काठमाडौँ

साताको पहिलो कारोबार दिन नै सेयरबजार दोहोरो अंकले झरेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५५.९३ अंकले घट्दा २५७७.४९ विन्दुमा आइपुगेको छ। 

त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ११.०७ अंकले ओरालो लागेको छ। 

आजको कारोबारमा २३२ कम्पनी सामेल भएकामा ८९ लाख बढी कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा ५२ हजार ३ सय ९१ पटकको खरिदबिक्रीपछि चार अर्ब ११ करोड ३८ लाखको कारोबार भएको हो। 

आज १३ वटै उपसूचक राताम्य छन्। 

मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अरु लगानीकर्ताले कमाउन सकेनन्। 

आज लगानीकर्ताले ९.१९ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। एउटा कम्पनीको अधिकतम कारोबार १५ करोड मात्रै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad