कारोबार


आईएमई ‘डबलको डबलको डबल’ अफर : प्रदीप र अशोक बने दोस्रो हप्ताका विजेता

आईएमई ‘डबलको डबलको डबल’ अफर : प्रदीप र अशोक बने दोस्रो हप्ताका विजेता

नेपालखबर
असोज १७, २०७८ आइतबार १५:१९, काठमाडौँ

आईएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ। सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन्।

पानीपोखरी काठमाडौंमा अवस्थित आईएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो। उनीहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए।

अफर अनुसार आईएमईले उनीहरू वा उनीहरुको सिफारिसमा निकटका आफन्तलाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ। 

आईएमईले सार्वजनिक गरेको पर्व लक्षित डबलको डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ। 

अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५  हजार भन्दा बढी एजेन्टहरु वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै आईएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको छ। कम्पनीका अनुसार अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ।

भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्। 

सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गरिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad