कारोबार


‘सामाजिक सुरक्षा कोषमा रोजगारदाताको उत्साह भेटिएन’

‘सामाजिक सुरक्षा कोषमा रोजगारदाताको उत्साह भेटिएन’

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १३:५९,

नेपाल उद्योग वाणिज्य महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन सरकारसँग माग गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवहारिक कठिनाईका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरुमा समेत उत्साह नदेखिएको दावी पनि गरे। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको व्यवसायिक वातावरणको सूचकांकमा आएको सुधारले बाह्य लगानी भित्र्याउन उत्साह भरेको उल्लेख गर्दै साना तथा मझौंला उद्योग सञ्चालनका लागि उत्साह भर्न आवश्यक कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिर कुमार ढुंगानाले भने निजी क्षेत्रका व्यवसायीहरुले सरकारको नीति, नियमसँग अपडेट नभएको भन्दै गुनासो गरे। उनले चार वर्ष अघि निर्माण गरिएका कानुनको विषयमा पनि निजी क्षेत्रले जानकारी नलिएको पनि बताए।

सचिव ढुंगानाले सरकारले व्यवसायिक वातावरण बनाउन पर्याप्त कानुनको तर्जुमा गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad