राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा भाग लिन आज चीनतर्फ प्रस्थान गरेका छन्।
अध्यक्ष थापाले आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
पूर्वउपप्रधानमन्त्री थापाका साथमा उनका श्रीमती प्रलिता पनि छन्। उनी कात्तिक १४ गते स्वदेश फर्कने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। रासस

प्रतिक्रिया