कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर महानगरपालिका–२० स्थित कुमारीपाटीमा आफ्नो १००औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।
शुक्रबार बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे। १०० औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो।
सो अवसरमा डेपुटी गभर्नर श्रेष्ठले शुभकामना मन्तव्य दिँदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए। बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिए।
यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आजै देखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुभारम्भ गरेका थिए। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारेका थिए।

प्रतिक्रिया