कारोबार


एक अर्ब २५ करोड रुपैयाँ लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालन

एक अर्ब २५ करोड रुपैयाँ लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालन

नेपालखबर
असोज १, २०७८ शुक्रबार १६:८, काठमाडौँ

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ।

लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे।

गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो। ८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले आफूहरुले चुनौतीका बिच अर्बौ खर्च गरेर मल निर्माण गरेको भन्दै राज्यले पनि व्यवसायीहरुलाई व्यवसायका लागि सहज वातावरण बनाइदिनुपर्ने बताए। उनले राज्यले व्यवसायीको व्याजको सहजीकरण गरिदिनुपर्नेमा उनले जोड दिए।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ। त्यस्तै वैंक, वित्तिय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा रहेका छन्।

उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत रहेका छन्। नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको तथा ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको अध्यक्ष कुँवरले बताए।

बसका चालक, सहचालक र यात्रुहरुलाई लक्षित गरेर सहुलियतदरमा सफा र स्वस्थ खाना, खाजा र बस्नको व्यवस्थाका लागि होटल तथा लजको समेत व्यवस्था गरिएको छ।

बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय समेत सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .