आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा नेपालले अमेरिकालाई हराएको थियो।
अल अमेरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। नेपाल अर्को खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो।
खेल अपरान्ह ४:१५ मा सुरु हुँदैछ। अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले डेब्यु गर्दैछन्।
उनलाई अर्का बलर सोमपाल कामीले डेब्यु क्याप लगाई दिए। गुल्शनको डेब्युसँगै बिक्रम सोब टिम बाहिर रहने छन्।
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा।
Shares
प्रतिक्रिया