कारोबार


दैनिक १५ हजार मेगावाट बिजुली खपतको योजना ल्याउन इप्पानको सुझाव

दैनिक १५ हजार मेगावाट बिजुली खपतको योजना ल्याउन इप्पानको सुझाव

नेपालखबर
भदौ १, २०७८ मंगलबार १४:३७, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष कृष्ण आचार्यले दैनिक १५ हजार मेगावाट विद्युत खपत योजना ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई सुझाव दिएका छन्। 

प्राधिकरणको वार्षिक अवसरमा अध्यक्ष आचार्यले विद्युत खपत बढाउनको लागि प्राधिकरणले ध्यान दिनुपर्ने बताएका हुन्।  

पीपीई सम्झौता भएका र हुन बाँकी रहेका करिब १५ हजार मेगावाट विद्युत कसरी खपत गर्ने योजना बनाउन नसकेको उनले उल्लेख गरे। 

‘१५ हजार मेगावाट विद्युत खपत कसरी गर्ने कार्यक्रम ल्याओस्। हामी सहकार्य गर्न तयार रहेका छौँ’, आचार्यले भने।

उनले ऊर्जामन्त्रीलाई लक्षित गर्दै विद्युत उत्पादनको अनुमतिको लागि ७ मन्त्रालय र २३ वटा विभागमा जानुपर्ने व्यवस्थालाई एकद्वार बनाउन माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad