कारोबार


सामाखुसीमा खुल्यो ‘माटो ब्रान्ड’को फ्रेन्चाइज स्टोर, पूर्वसभामुख घर्तीद्वारा उद्घाटन

सामाखुसीमा खुल्यो ‘माटो ब्रान्ड’को फ्रेन्चाइज स्टोर, पूर्वसभामुख घर्तीद्वारा उद्घाटन

नेपालखबर
भदौ १, २०७८ मंगलबार १४:३०, काठमाडौँ

सामाखुसीमा माटो ब्राण्डको नयाँ फ्रेन्चाइज स्टोर सञ्चालनमा आएको छ। 

नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै अर्गानिक उत्पादनहरु बिक्रीवितरण गर्ने उद्देश्यले माटो ब्रान्डको स्टोर सञ्चालनमा ल्याइएको हो।

गोल्यान ग्रुपअन्तर्गतको गोल्यान एग्रो प्रालिले अर्गानिक उत्पादन तथा नेपाली उत्पादनहरुको प्रवर्द्धन गर्दै आइरहेको छ। जसमा तरकारी फलफूल तथा खाद्यान्न्का उत्पादनहरु समावेश छन्। 

यसको लागि गोल्यान ग्रुपले आफ्नो स्टोर तथा फ्रेन्चाइज स्टोरहरु विस्तार गर्ने काम गरिरहेको छ। 

सानेपा, नारायणथान, कुपण्डोल, गोल्फुटार, नयाँ बानेश्वर, झम्सिखेल, नक्सालमा स्टोरहरु सञ्चालनमा छन्। 

त्यस्तै आजदेखि सामाखुसीमा पनि नयाँ स्टोर सञ्चालनमा आएको हो। सामाखुसी र नयाँ बानेश्वको स्टोर फ्रेन्चाइज हो। 

आज एक कार्यक्रमबीच पूर्वसभामुख ओनसरी घर्तीले सामाखुसीको स्टोरको उद्घाटन गरेकी हुन्।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान, निर्देशक अक्षय गोल्यान, माटो ब्राण्डका सीईओ प्रियदर्शी रोय कार्यक्रममा उपस्थित थिए। 

पूर्वसभामुख घर्तीले उक्त स्टोरको उद्घाटन गर्दै अर्गानिक उत्पादनप्रति चासो व्यक्ति गरेकी थिइन्। उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नु र त्यसलाई नेपालीहरुको चुलोमा पुर्याउने काम भइरहेकोमा खुसी व्यक्त गरिन्।  

रोल्पा घर भएका जीवन रोका मगरले फ्रेन्चाइज लिएका हुन्। उनी र उनकी धर्मपत्नी मिरा रोकामगरले करिब १६ लाख लागतमा उक्त स्टोर सञ्चालनमा ल्याएका हुन्। 

जीवन रोका मगरले भने, ‘सबै लागतको अहिले नै हिसाब भइसकेको छैन। तर मोटामोटी १६ लाख लागत लाग्छ भन्ने हो। राम्रो ब्राण्डसँग सहकार्य गर्न पाइएको त्यसमा खुसी छौँ।’

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले माटो ब्राण्डलाई तीव्र रुपमा विस्तार गर्ने योजना अघि सारेको जानकारी दिए। 

उनले भने, ‘यस किसिमको फ्रेन्चाइज देशभर विस्तार गने योजना छ। माटो ब्राण्डको आफ्नो मापदण्ड रहेको छ। सो मापदण्डमा रहेर जो कसैले यसको फ्रेन्चाइज लिन सक्नेछन्।’

माटो ब्रान्डले आफ्ना उत्पादनहरु उच्च अन्तर्राष्ट्रिय गुणस्तरको कायम गर्न स्थानीय सक्षम, साना र मझौला उद्यमहरुसँग सहकार्य गर्दै आएको छ। 

‘खेतदेखि टेबलसम्म’ भन्ने दर्शनलाई माटो ब्राण्डले अघि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .