कारोबार


मोबाइल वालेटहरूको अनलाइन भुक्तानीमा  समस्या

मोबाइल वालेटहरूको अनलाइन भुक्तानीमा  समस्या

नेपालखबर
साउन २१, २०७८ बिहिबार ११:४८, काठमाडौँ

बिहीबार बिहानदेखि मोबाइल वालेटहरुको एप्लिकेसनबाट अनलाइन भुक्तानी सेवामा समस्या आएको छ। 

भुक्तानी सेवा प्रदायक कम्पनीको एप तथा बैंकहरुको  एपबाट हुने अनलाइन भुक्तानीमा समस्या देखिएको हो। 

खल्ती, इ–सेवा, मोबाइल बैंकिङ एपहरूबाट रिचार्ज टपअपलगायतका भुक्तानी नै आज हुनसकेको छैन। 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भुक्तानी सेवाप्रदायकहरुको एपमा समस्या आएको पुष्टि गरे। 

उनले नेपालखबरसँग भने, ‘अनलाइन बैंकिङ सबैमा समस्या आएको होइन। टपअपलगायतका भुक्तानी सेवामा मात्रै समस्या आएको हो।’

प्रविधिक कारणले समस्या आएकोले त्यसलाई ‘फिक्स’ गर्ने काम भइरहेको दाहालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad