कारोबार


१२ अंकले बढेको सेयरबजारमा साढे १५ अर्बको कारोबार

१२ अंकले बढेको सेयरबजारमा साढे १५ अर्बको कारोबार

नेपालखबर
साउन २०, २०७८ बुधबार १५:२७, काठमाडौँ

सेयरबजारमा बुधबार साढे १५ अर्बको सेयर किनबेच भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक आज १२.०५ अंकले र ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक शून्य दशमलव ७१ अंकले बढेको हो। 

आजको कारोबारमा २ सय २५ कम्पनी सामेल भएका छन्। यसअनुसार दुई करोड ८८ लाख १३ हजारभन्दा बढी कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा एक लाख ४४ हजार ८ सय ८७ पटकको खरिदबिक्रीमा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँको सेयर किनबेच भएको हो। 

आज वाणिज्य बैंक विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादन र लगानी समूहका कम्पनीको कारोबार सूचक हरियो छ। बाँकी समूहको भने सूचक ओरालो लागेको छ। 

आज ११ कम्पनीको १० प्रतिशत वा सोही हाराहारीमा सेयर मूल्य बढेको छ। 

आज गुमाउने लगानीकर्ताले ४.९६ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। 

सर्वाधिक कारोबार भने अपि पावरको ७९ करोडको भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad