ad ad

कारोबार


नेसनल लाइफको बीमा शुल्क १२ अर्ब माथि

नेसनल लाइफको बीमा शुल्क १२ अर्ब माथि

नेपालखबर
साउन ५, २०७८ मंगलबार १८:४,

नेसनल लाइफ इन्स्योरेन्सले जीवन बीमा व्यवसायमा चमत्कारिक प्रगति हासिल गर्न सफल भएको जनाएको छ। प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा नेसनल लाइफ दोश्रो स्थानमा उक्लिएको हो। 

कम्पनीका अनुसार कूल बीमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्ब भन्दा माथि पुर्‍याउन सफल भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो। त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो। 

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको  छ। 

नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो। सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ। यस्तै, एलआईसी नेपालको प्रथम बीमाशुल्क रु.३ अरब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाइफको रु.३ अरब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .