ad ad

कारोबार


एनआईसी एसिया बैंकको २ करोडकाे सेयर बिक्री, बजार ओर्लियो

एनआईसी एसिया बैंकको २ करोडकाे सेयर बिक्री, बजार ओर्लियो

नेपालखबर
असार ४, २०७६ बुधबार १०:३४,

 सेयरबजारमा आज ३० करोड ३१ लाखको मात्रै कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ६९ वटा कम्पनीको ९ लाख ८० हजार कित्ता सेयर खरिदबिक्रीबाट उक्त रकमको कारोबार भएको हो।

आज ३ बजे कारोबार बन्द हुनुअघि नेप्से परिसूचक शून्य दशमलव २० अंकले घटेर १२५८.४६ विन्दुमा समेटिएको छ। आज सेयरबजारमा भएको कारोबार रकम अघिल्लो दिनको तुलनामा ५ करोडले कम हो। अघिल्लो दिन अर्थात् मंगलबार ३५ करोड ९४ लाखको सेयर किनबेच भएका थिए। त्यस्तै सेयर कित्ता कारोबारमा पनि ह्वात्तै कमी आएको छ। मंगलबार १२ लाख २६ हजार कित्ता कारोबार भएकोमा आज झण्डै ३ लाख कित्ता कारोबार सेयर संख्या घटेको छ।

तर ठूला कम्पनीको कारोबार सूचक सेन्सिटिभ भने आज शून्य दशमलव २३ अंकले हरियो हुनपुगेको नेप्सेले जनाएको छ। आज वाणिज्य बैंक, होटल, ऊर्जा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र म्युचुअल फन्डको सूचक घट्दा विकास बैंक, फाइनान्स, उत्पादन, अन्य र जीवन बीमा सूचक भने बढेका छन्।

सेयर कारोबारका हिसाबले आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको २ करोड १७ लाखको, प्रभु बैंकको २ करोड ३ लाखको, नेपाल बैंक लिमिटेडको १ करोड ८० लाखको, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्रोमोटर सेयरको १ करोड ४९ लाखको, तारागाउँ रिजेन्सी होटलको १ करोड ३४ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड २७ लाखको, शिवम् सिमेन्टको १ करोड २ लाखको, कृषि विकास बैंकको ९२ लाखको र माथिल्लो तामाकोशीको ६९ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कमाउने सूचीमा भने मल्टिपर्पोस फाइनान्स कम्पनी अगाडि छ। कम्पनीका लगानीकर्ताले १९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ५२ रुपैयाँ कमाउँदा कालिका पावर कम्पनीका सेयरधनीले ५ रुपैयाँ मात्रै कमाएका छन्।

आज गुमाउने कम्पनीमा घलेम्दी हाइड्रो रहेको छ। यसका लगानीकर्ताले ३.५७ प्रतिशत गुमाएका छन्। त्यस्तै समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले पनि प्रतिकित्ता ३७ रुपैयाँ गुमाएका छन्। रकमका हिसाबले आज नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३९ रुपैयाँ प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .