समाज


अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

नेपालखबर
असार ४, २०७६ बुधबार १०:२७,

 संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ।

इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन्।

अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिएको अमेरिकी अखबारहरुले जनाएका छन्।

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भनेका छन्, ‘मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु।’

ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेका उनले जानकारी दिएका छन्। उनले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराएका थिए।

 उनले ती सैनिकहरु अमेरिकी केन्द्रीय सैन्य कमान्ड (सेन्टकोम)को अनुरोधमा पठाइएको जानकारी पनि दिए।

यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ। यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उनले बताए।

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भने, ‘हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ।’

खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो। ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएका थिए।

उक्त हमलाको केही दिनपछि अमेरिकी प्रशासनको यो निर्णय आएको छ किनभने ओमानमा भएको सो हमला इरानले गरेको अमेरिकी प्रशासनले दाबी गरेको छ।

त्यहाँ यसअघि पनि अमेरिकी सैन्य खटिएका छन्। अमेरिकाले थप एक हजार जना पठाउने निर्णय गरेको हो। रासस(एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .