ad ad

कारोबार


हिमालय एयरलाइन्सको उडान टिकट अनलाइनबाटै बुक गर्ने सुविधा

हिमालय एयरलाइन्सको उडान टिकट अनलाइनबाटै बुक गर्ने सुविधा

नेपालखबर
असार २३, २०७८ बुधबार १४:३२,

नेपाल–चीन संयुक्त लगानीको एक निजी एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले हालै आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ। 

यसबाट ग्राहकहरूले डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट बाट बुकिङ्ग गर्नसक्ने सुविधा ल्याएको कम्पनीले जनाएको छ।

यसले ग्राहकहरुलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने कम्पनीको विश्वास छ। 

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण – पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नेछन्। 

एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्वबुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन  जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाएको छ। 

नयाँ वेबसाइट सुरूवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङले ग्राहकहरू कम्पनीले गर्ने सबै कामका केन्द्र रहेकाले उनीहरूलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताए। 

उनले भने, ‘अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी  हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ।’ 

यो वेबसाइट हिमालयको निरन्तर अविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्घताको परिणाम भएको उनको भनाइ छ। 
‘वास्तवमा हामी यस प्लेटफर्मलाई तयार गर्न लकडाउनको अवधि प्रयोग गरिरहेका थियौँ र अहिलेको कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै हामी हाम्रा यात्रुहरूको  भौतिक सम्पर्करहित बुकिङ्ग र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौँ’, उनले भने। 

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले यसलाई कम्पनीको लागि महत्वपूर्ण उपलब्धि रहेको बताए। 

उनले भने, ‘हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्ग अनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुङ्गा साबित हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .