कोरोनाकालमा पनि हङकङको जनजीवन सामान्य, द इकोनोमिस्टले दियो सबैभन्दा बढी अंक

कोरोनाकालमा पनि हङकङको जनजीवन सामान्य, द इकोनोमिस्टले दियो सबैभन्दा बढी अंक

हङकङ शहर


नेपालखबर
असार २३, २०७८ बुधबार १४:२३,

बेलायती पत्रिका द इकोनोमिस्टले हालै ‘नर्मलेसी इन्डेक्स’ सार्वजनिक गरेको छ।

यस सूचीमा यस्ता देशहरुलाई समेटिएको छ जो कोरोनाकालमा पनि सामान्य जनजीवनमा फर्किएका छन् र कोरोना नियन्त्रण गर्न सफल भएका छन्।

यस अनुसन्धानमा यस्ता ५० देश र क्षेत्र समेटिएको छ जसले विश्वको ७५ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्दछ।

साथै यी देशले विश्वको ९० प्रतिशत कुल ग्राह्यस्थ उत्पादन जीडीपी ओगट्छ। यो सूची तयार गर्न ८ विषयको अवस्थालाई मूल्यांकन गरिएको छ।

इकोनोमिस्टका अनुसार खेल कार्यक्रमहरुको अवस्था, घरमा बिताउने समय, सडकको चाप, सपिङ मलको चाप, कार्यालय उपस्थितीको अवस्था, सक्रिय उडान, चलचित्र हलको अवस्था र सार्वजनिक यातायातको अवस्थाको बारेमा अनुसन्धान गरिएको थियो।

जहाँ जनजीवन सामान्य भइसकेको छ, सो देश र क्षेत्रलाई अंक दिइएको छ। सोही अंकका आधारमा हामीले कुन देश कोरोना नियन्त्रण गर्न सफल भएको छ र कहाँ जनजीवन सामान्य भयो भनेर पत्ता लगाउन सकिने जनाइएको छ।

Hong Kong to ban dining in restaurants from 6pm, Carrie Lam warns harsher  Covid-19 measures to come, East Asia News & Top Stories - The Straits Times

यस सूचीमा हङकङले सबैभन्दा बढी ९६ अंक प्राप्त गरेको छ। अर्थात् हङकङ कोरोनाकालमा पनि सामान्य अवस्थामा फर्किसकेको छ।

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार हङकङमा हालसम्म ११ हजार ९४५ मा कोरोना पुष्टि भएको छ।

त्यहाँ कोरोनाका कारण २१२ को मृत्यु भइसक्दा ११ हजार ६४२ कोरोनामुक्त भएका छन्। अहिले त्यहाँ ९१ सक्रिय संक्रमित मात्र छन्। जसमध्ये १ को अवस्था गम्भीर छ।

यसैगरी इकोनोमिस्टको सूचीको दोस्रो नम्बरमा न्युजिल्यान्ड छ। उसले ८७ अंक पाएको छ। यस्तै तेस्रो नम्बरमा पाकिस्तान, नाइजेरिया र युक्रेन छन्। उनीहरुले समान् ८४–८४ अंक पाएका छन्।

यो सूचीमा चीन १९ औं, अमेरिका २९ औं र बेलायत ३६ औं स्थानमा छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .