Draft


जिल्लाभित्र चल्ने सवारीका पास पनि खारेज, लकडाउन थप कडा बनाइने

जिल्लाभित्र चल्ने सवारीका पास पनि खारेज, लकडाउन थप कडा बनाइने

नेपालखबर
जेठ १, २०७७ बिहिबार १२:१८,

 गृह मन्त्रालयले यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय गरेको छ।

बिहीबार मन्त्रालयमा बसेको बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका पास पनि शनिबारदेखि लागु हुने गरी खारेज गर्ने निर्णय गरेको हो।

एक जिल्लाबाट अर्को जिल्लामा जाने पास बिहीबारबाट लागू हुने गरी मंगलबार खारेज गरिएको थियो। अब गृह मन्त्रालयको स्वीकृतिबिना पास जारी नगर्न भनिएको गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले बताए।

उपत्यकाभित्र समेत कोराना संक्रमित भेटिएपछि सरकारले लकडाउनलाई थप कडा पार्ने भएको हो। यसअघि सञ्चालनको अनुमति दिइएका कार्यालय तथा उद्योग, निर्माण क्षेत्रसमेत बन्द गर्नुपर्ने विषयमा छलफल भएको छ। तर, यो निर्णय मन्त्रिपरिषद्बाटै गर्नु पर्नेछ।

यस्तै गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसँग पनि बिहीबार छलफल गरेको छ। मन्त्रालयमा भएको छलफलमा लकडाउन प्रभावकारी बनाउन थप भूमिका निर्वाह गर्न स्थानीय तहलाई भनिएको छ।

सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिलाई लकडाउनलाई अझै प्रभावकारी बनाउन भनिएको छ।

छलफलमा काठमाडौंका मेयर, प्रमुख जिल्ला अधिकारी, उपात्यका र ट्राफिक महाशाखाका प्रहरी प्रमुख सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad