ad ad

Draft


धनुषा बम विष्फोटमा संलग्न भएको आशंकामा तीन पक्राउ

धनुषा बम विष्फोटमा संलग्न भएको आशंकामा  तीन पक्राउ

शैलेन्द्र महतो
मंसिर २८, २०७६ शनिबार १०:१०,

धनुषाको महेन्द्रनगरमा प्रहरी निरिक्षक सहित तीन जनको ज्यान जानेगरी भएको बम विष्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

घटनाको अनुसन्धानका लागि शंकाको आधारमा दुई महिला र एक जना पुरुषलाई प्रहरीले नियन्त्रण लिइ अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

घटना छानबिनका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय छानबिन टोली गठन गरिएको छ। स्थानीयहरुले प्रहरीले झोलामा राखिएको बम हटाउन जाँदा विष्फोट भएको भन्दै आएपनि प्रहरीले भने यसलाई अस्वीकार गरेको छ।

शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरको शौचालयअगाडि बम विस्फोट भएको थियो। विस्फोटमा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहाल, घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .