समाज


धनुषा बम विष्फोट प्रकरणमा तीन पक्राउ

धनुषा बम विष्फोट प्रकरणमा तीन पक्राउ

शैलेन्द्र महतो
मंसिर २८, २०७६ शनिबार १०:५,

धनुषाको महेन्द्रनगरमा प्रहरी निरिक्षक सहित तीन जनको ज्यान जानेगरी शुक्रबार राती भएको बम विष्फोट घटनामा अनुसन्धानकालागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शंकाको आधारमा घटनाबारे सोधपुक्षका लागि दुई जना महिला र एक जना पुरुषलाई प्रहरीले नियन्त्रण्मा लिएर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले नेपालखबरलाई बताए।

घटना छानविनका लागि प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय टोली गठन गरिएको छ।

स्थानीयहरुले प्रहरीले झोलामा राखिएको बम हटाउन जाँदा विष्फोट भएको भन्दै आएपनि प्रहरीले भने यसलाई अस्वीकार गरेको छ।

‘झोलामा बम रहेको भन्दै मृतक राजेश्वर इलाका प्रहरी कार्यालय पुगेका थिए, प्रहरी निरिक्षक आमिर दाहालले तपाईँहरु हिंड्दै गर्नुस् म आउँदै छु भनेका थिए,’ प्रहरी नायव उपरिक्षक कार्कीले भने, ‘उनीहरु पहिले आइपुगे, पछिपछि प्रहरी टोली पनि पुग्यो।’ 

कार्कीका अनुसार बम राखिएको ठाउँमा जम्मा भएका २०–२५ जनालाई हटाउँदै गर्दा विष्फोट भएको हो।

घटनामा गम्भीर घाइते भएका इन्स्पेक्टर अमिर दाहालको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार बिहान ७ बजे मृत्यु भएको थियो।

बम विस्फोटमा घरमुली राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad