प्रवास


राजेशपायल राई जर्मनीको फ्रान्कफर्टमा, जनवरी ३ मा सांगीतिक प्रस्तुति

राजेशपायल राई जर्मनीको फ्रान्कफर्टमा, जनवरी ३ मा सांगीतिक प्रस्तुति

गायक राजेशपायल राईलाई फ्रान्कफर्ट विमानस्थलमा स्वागत गरिँदै


नेपालखबर
पुस १६, २०८२ बुधबार १८:२५, मध्य युरोप

नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई बुधबार जर्मनीको फ्रान्कफर्ट आइपुगेका छन्।

जनवरी ३ तारिखमा जर्मनीको फ्रान्कफर्टमा हुन गइरहेको सांगीतिक कार्यक्रम भाग लिन राई जर्मनी आइपुगेका हुन्।

तमु समाज फ्रान्कफर्ट जर्मनीले तमु ल्होसार तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर सांगीतिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा राईले प्रस्तुति दिने छन्।

‘राई इज किङ’को नामले सुपरिचित गायक राईलाई तमु समाज फ्रान्कफर्ट जर्मनीका अध्यक्ष जेसन गुरुङ लगायत पदाधिकारीले फ्रान्कफर्ट विमानस्थलमा स्वागत गरेका थिए।

‘म फ्रान्कफर्ट आइसकेको छु। ३ तारिखको कार्यक्रममा आउनुहोस् है। सबैलाई चुले निम्तो छ। भव्य रमाइलो गर्नुपर्छ,’ फ्रान्कफर्ट अवतरण भएपछि विमानस्थलमा राजेशपायलले भने।

जर्मनीको फ्रान्कफर्टको कार्यक्रमपछि उनी पोर्चुगल, रोमानिया, क्रोएसिया तथा नर्वेलगायतका मुलुकमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad