पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूँजी र प्रविधि भित्र्याएर श्रमिक नभई वस्तु र सेवा निर्यात गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय सम्वादमा उनले यस्तो बताएका हुन्।
‘नेपाल कुनै पनि झैझगडामा पर्दैन भनेर शान्ति केन्द्रको रुपमा घोषणा गर्नु पर्छ,’ भट्टराईले भने, ‘कसैसँग नलड्ने विश्वबाट मान्यता लिनुपर्छ। लगानी ल्याएर विकास गर्छौं।’
‘पूँजी र प्रविधि ल्याउ। श्रमि निर्यात गर्नुको सट्टा पूँजी र प्रविधि ल्याउ र वस्तु र सेवा निर्यात गरौं’, उनले थपे।
60
Shares

प्रतिक्रिया