प्रवास


सर्बियामा पहिलोपटक राहदानी घुम्ती शिविर सम्पन्न

सर्बियामा पहिलोपटक राहदानी घुम्ती शिविर सम्पन्न

शेरबहादुर परियार
चैत १७, २०८२ मंगलबार १७:४०, मध्य युरोप

युरोपेली मुलुक सर्बियामा नेपालीहरूको राहदानी नवीकरणका लागि भएको घुम्ती शिविर सम्पन्न भएको छ।

जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनले पहिलोपटक सर्बियामा ३० मार्चमा एक दिने घुम्ती शिविर सञ्चालन गरेको हो।

राजदूतावासले राहदानी विभाग काठमाडौँको समन्वयमा रोमानियामा २७ मार्चबाट सञ्चालन गरिरहेको घुम्ती शिविरको समयमा नै सर्बियामा पनि शिविर चलेको हो।

सर्बियाको किङ पिटर ४३७ एसपी २ डोन्जी  मिलानोभाक १९२२० मा भएको घुम्ती शिविरमा प्रथम सचिव रन्जन यादव र तृतीय सचिव दिपेन्द्र साहको टोलीले सेवा दिएको दूतावासले जनाएको छ।

सर्बियामा रोजगारीको सिलसिलामा आएका नेपालीहरू राहदानी नवीकरण गर्न नसकेर समस्यामा परेकोबारे नेपालखबरले समाचार सार्वजनिक गरेको थियो।

घुम्ती शिविरमा ५२जना सेवाग्राहीले राहदानी नवीकरणका लागि प्रि-इनरोलमेन्ट फारम बुझाएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिननका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए।

‘दूतावासले सर्बियामा पहिलोपटक गरेको घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। शिविर सम्पन्न गर्नका लागि सहयोग गर्ने नेपाली संघसंस्था, स्वयंसेवक लगायत सबैलाई दूतावासको तर्फबाट धन्यवाद छ,’ कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, ‘दूतावासले आगामी दिनमा पनि नेपाली समुदायसँग यस्तै समन्वय र सहयोगमा सेवा सञ्चालन गर्नेछ।’

बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, सर्बिया, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad