प्रवास


महेश श्रेष्ठले दिए बद्री केसी पक्षधर अध्यक्षलाई बधाई

महेश श्रेष्ठले दिए बद्री केसी पक्षधर अध्यक्षलाई बधाई

नेपालखबर
साउन १२, २०८२ सोमबार २०:०, काठमाडौँ

बद्री केसी नेतृत्वको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले अहिले संसारभरिका राष्ट्रिय समन्वय परिषद्‌ (एनसीसी) को नयाँ नेतृत्व चयन गरिरहेको छ। यस प्रक्रियामा महेश श्रेष्ठ नेतृत्वको समूह सामेल छैन।

एनआरएनएकै ब्यानमा श्रेष्ठले बेग्लै कार्यसमिति चलाइरहेका छन्। कतिपय देशमा उनी पक्षधरको छुट्टै एनसीसी सञ्चालनमा छन्। केसी र श्रेष्ठ दुवैले आफ्नो कार्यसमिति आधिकारिक दाबी गर्दै संगठन चलाइरहेका छन्।

यसै क्रममा केसी नेतृत्वको एनआरएनएमा जापान एनसीसीको अध्यक्ष सुभाष लामिछाने निर्वाचित भएका छन्। लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै महेश श्रेष्ठले बधाइ दिएका छन्। 

श्रेष्ठले सामाजिक सञ्जालमा निर्वाचित कार्यसमितिको पूरा नामावली नै राखेर बधाई दिएका छन्। साथै, एनआरएनएको बृहत् एकताका लागि शुभकामना पनि भनेका छन्। 

‘एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई। अनि एनआरएनएको वृहत एकताका लागि हार्दिक शुभकामना,’ उनले भनेका छन्, ‘गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान २०२५-२०२७ कार्यकाल लागि सुभाष लामिछानेको नेतृत्वमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरू, सदस्यहरू एवं आईसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद्) सदस्यप्रति हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

एनआरएनएमा केसी समूहसँग असन्तुष्ट रहँदै आफ्नै समूह खडा गरेका श्रेष्ठले अहिले निर्वाचित समितिलाई बधाई दिएको विषयमा एनआरएन वृत्तमा विभिन्न कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। 

केसी नेतृत्वको एनआरएनएले आगामी अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्दै छ।
 
यस्तो छ जापानको समिति 
अध्यक्ष- सुभाष लामिछाने 
लेखा संयोजक- सचिन श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष- टीकाराम खरेल 
उपाध्यक्ष- मुक्तिराम खनाल
उपाध्यक्ष- दिलिप कँडेल 
उपाध्यक्ष- दीपक सुनार 
क्षेत्रीय उपाध्यक्ष- विष्णुप्रसाद सुवेदी (विश्व) 
महिला उपाध्यक्ष- अञ्जु भण्डारी
महासचिव- श्यामकुमार श्रेष्ठ (श्याम शीतल) 
सचिव- नेत्रप्रसाद पाण्डे 
सचिव- विष्णुप्रसाद सापकोटा 
क्षेत्रीय सचिव- सागर कार्की 
महिला सचिव- ललिता तामाङ 
कोषाध्यक्ष- मुक्तिराज रेग्मी 
सहकोषाध्यक्ष- रामु कँडेल 
क्षेत्रीय सहकोषाध्यक्ष- सन्दीप जिसी 
महिला सहकोषाध्यक्ष- कामना भण्डारी
युवा संयोजक- दीपक बुर्जा मगर 
महिला संयोजक- मञ्जु बन
सदस्य- मिलन अर्याल 
सदस्य- कमलेश जीसी 
सदस्य- नवीन दीप गुरुङ 
सदस्य- रमेशराज जैसी 
सदस्य-  निराजन मल्ल 
सदस्य- कृष्णप्रसाद भुसाल 
सदस्य- भीमबहादुर बुढाथोकी 
सदस्य- सुरेश सापकोटा 
सदस्य- प्रकाश विश्वकर्मा 
महिला सदस्य- ईश्वरी अर्याल 
महिला सदस्य- सन्तोषी अधिकारी 

आईसीसी सदस्यहरू
शिवहरि पौडेल
यदुराम सापकोटा
राजकुमार अधिकारी
सुमन कार्की 
कृष्ण केसी
टिकाराम कँडेल
रामबहादुर खत्री
रामबहादुर थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad