संसदीय समितिले निर्माणाधिन त्रिवि क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधिन रंगशालाको स्थलगत अवलोकन गरेको हो।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सदस्यहरुले रंगशालाको अवलोकन गरे। आइतबार बसेको समितिको बैठकले अवलोकन गर्ने निर्णय गरेको थियो।
अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ। समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना गरेर अहिले काम भइरहेको छ।
मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।
Shares

प्रतिक्रिया