प्रवास


एनआरएनए फ्रान्सले चुन्यो सर्वसम्मत कार्यसमिति, अध्यक्षमा मीन श्रेष्ठ

एनआरएनए फ्रान्सले चुन्यो सर्वसम्मत कार्यसमिति, अध्यक्षमा मीन श्रेष्ठ

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:२६, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौँ महाधिवेशनबाट मीनबहादुर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

केन्द्रीय प्रतिनिधि प्रशुना कँडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनबाट सबै पदमा निर्विरोध निर्वाचन भएको हो।

महाधिवेशनले ११ सदस्यीय कार्यसमिति र १ जना आईसीसी सदस्य सर्वसम्मतिले निर्वाचित गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा लालबहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन्।

त्यस्तै, महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मानबहादुर बिक चयन भएका छन्। सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामाङ, प्रकाश तामाङ र कृष्ण महर्जन छन्।

आईसीसी सदस्यमा लोकबहादुर पुन निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad