प्रवास


सद्भावना वृद्धिका लागि जनसम्पर्क डेनमार्कको समर ग्रिल कार्यक्रम

सद्भावना वृद्धिका लागि जनसम्पर्क डेनमार्कको समर ग्रिल कार्यक्रम

नेपालखबर
असार ३, २०८२ मंगलबार १९:५२, डेनमार्क

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति (जसस)को स्थापना दिवस पारेर जनसम्पर्क डेनमार्कले ग्रिल भोजको आयोजना गरेको छ।

डेनमार्कस्थित नेपाली संघसंस्थाहरूलाई निमन्त्रणा गरिएको उक्त पार्टी भेटघाट, समर ग्रिल र आपसी सद्भाव वृद्धिका लागि आयोजना गरिएको जसस डेनमार्कले जनाएको छ। कार्यक्रम शनिबार कोपनहेगनमामा भएको थियो।

आयोजक संस्थाका सदस्य एवं कास्की आदर्श समाज डेनमार्कका अध्यक्ष मंगल परियारको संयोजकत्वमा सम्पन्न कार्यक्रम महामन्त्री कृष्ण गिरीले सञ्चालन गरेका थिए।

कार्यक्रममा ओएनएफ डेनमार्क, एनपीपीएफ डेनमार्क लगायतका डेनमार्कमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो। 

त्यस्तै, पोर्चुगल समाजका प्रतिनिधि, नेकपा (माओवादी केन्द्र) प्रवास संगठनको युरोप, अमेरिका र अस्ट्रेलिया संयोजक उदयराज गौतमको पनि कार्यक्रममा उपस्थिति थियो।

कार्यक्रममा बोल्दै जनसम्पर्क समिति, डेनमार्कका प्रवक्ता पपुलर बेल्वासेले बीपी कोइराला निर्वासनमा रहेको बेला वैचारिक संस्थाका रूपमा जनसम्पर्क समिति स्थापना गरेको स्मरण गराएका थिए।

जनसम्पर्क समितिले ४९औँ स्थापना दिवस मनाइरहँदा हाल विश्वका ३६ बढी मुलुकमा सक्रिय रूपमा क्रियाशील रहेको आँकडा प्रस्तुत गरेका थिए।

यस्तै, पूर्वसभापति रामचन्द्र पाठकले स्थापनाकालदेखि नै संस्थाले यहाँस्थित नेपाली समाजको दु:खसुखमा साथ दिँदै र पार्टीको निर्देशन बमोजिम काम गर्दै आएको बताए। संस्थाका सभापति बुद्धिप्रसाद सापकोटाले समाजमा भाइचारा अभिवृद्धि गर्न र सद्भावको वातावरण विकास गर्न जमघट राखिएको बताए।

कार्यक्रम सफल पार्न भूमिका खेल्नुहुने अतिथिहरूलाई स्वागत अनि धन्यवाद व्यक्त गर्दै सभापति सापकोटाले सम्पूर्ण जनसम्पर्क समिति सामाजिक सद्भाव अभिवृद्धिका लागि कटिबद्ध रहेको स्पष्ट पारेका थिए।

कार्यक्रममा जसस डेनमार्कका संस्थापक सभापति नवीनराज पौडेल, एनआरएनए, डेनमार्कका निवर्तमान अध्यक्ष शैलु अधिकारी, उपसभापति नील विक्रम थापाले कार्यक्रमले आफ्नो उद्देश्य हासिल गरोस् भनी शुभकामना दिए।

यसैगरी, यस समर ग्रिल कार्यक्रममा सामाजिक अभियन्ताहरू उदयराज गौतम, यमलाल सुवेदी, राधाकृष्ण सापकोटा, नलेज ग्रुपका राजेन्द्र पौडेल, प्रवासी नेपाली मन्चका अध्यक्ष रवीन सिंह कार्की, नेपाली बाजा समूहका प्रभात किरण, कृष्ण सुवेदी, मंगल परियार, हिमालय स्पोर्ट क्लबका अध्यक्ष दीपेन्द्र विष्ट, भाषा चौतारीका खेमबहादुर अधिकारी, इनास ग्लोबलका महासचिव रजमान तामाङ, अनेसास डेनमार्कका अध्यक्ष पूर्ण बस्नेतलगायत सय बढी नेपालीहरूको उपस्थिति रहेको थियो।

संस्थाका वरिष्ठ उपसभापति प्रकाश ढकाल, सहमहामन्त्री प्रकाश शर्मा, संयोजन समितिका सदस्य धर्म ढकाल, प्रदीप पौडेललगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

मनोरञ्जनात्मक वातावरणमा बेलुकासम्मै सञ्चालित कार्यक्रममा पाहुनालाई ग्रिल गरिएका खाद्यले सत्कार गरिएको थियो। गायन, अन्ताक्षरी लगायतमा सरिक हुँदै सहभागीहरू रमेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad