बागमती


बाढी महाशाखाको सुझाव: काठमाडौँको साँखु र आसपासका क्षेत्रमा सतर्कता अपनाऊँ

बाढी महाशाखाको सुझाव: काठमाडौँको साँखु र आसपासका क्षेत्रमा सतर्कता अपनाऊँ

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार १९:५२, काठमाडौँ

बाढी पूर्वानुमान महाशाखाले काठमाडौँको साँखु र आसपासका क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ। 

मंगलबार बेलुका चेतावनी जारी गरी बाढी महाशाखाले  साँखु वर्षा मापन केन्द्र र आसपासका केन्द्रमा मध्यम वर्षा रेकर्ड भएकाले उक्त क्षेत्रका खोलामा बाढी आउनसक्ने जानकारी दिएको हो। 

महाशाखाले सूचना जारी गरी भनेको छ : पछिल्लो १ घण्टामा काठमाडौँजिल्ला स्थित साँखु वर्षा मापन केन्द्र र आसपासका केन्द्रहरूमा मध्यम वर्षा मापन भएको, सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बाढी समेत हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad