युनाइटेड अबर इमिरेट्स (यूएई)को प्रमुख सहरमध्ये एक शारजाहको मुटुमै अवस्थित छ, शारजाह किल्ला।
सन् १८२० को दशकमा निर्मित यो भवन तत्कालीन शासक शेख सुल्तान बिन सकर अल कासिमीले निर्माण गरेका थिए। जहाँ शारजाहको सरकारी मुख्यालय र शासक अल कासिमीको पारिवारिक निवास थियो।
यो किल्ला वर्गाकारमा बनाइएको छ जसको बीचमा फराकिलो आँगन छ। यसमा मुख्य दुई तला र रक्षात्मक उद्देश्यका लागि बनाइएका तीन टावर छन्। निर्माणताका यसलाई शारजाहको सबैभन्दा ठूलो र महत्त्वपूर्ण निर्माण मानिन्थ्यो।
पुरातात्त्विक सम्पदाको रूपमा संरक्षित यो किल्ला सन् १९७० मा आंशिक रूपमा भत्काइएको थियो भने सन् १९९६ मा पुनर्निर्माण सुरु गरी १९९७ मा सम्पन्न भएको थियो। र, २०१५ पछि सर्वसाधारणको अवलोकनका लागि पुन: खुला गरिएको थियो।
शारजाहको इतिहास, शासक परिवार, किल्लाको इतिहास, ऐतिहासिक रक्षा रणनीति र २०० वर्ष पहिलेको शारजाहको जीवनका बारेमा बुझ्न इच्छुकलाई यो ऐतिहासिक किल्ला उपयुक्त हुन सक्छ।
जहाँ किल्लाका कोठा अवलोकन, पुरातात्त्विक कलाकृति सङ्ग्रहको अवलोकन, डिब्स (खजुरको सिरप)को निर्माण, शेख र उनीहरूका सुरक्षा गार्डले प्रयोग गर्ने हतियार, रक्षा रणनीति, शासक परिवारको जीवनशैली आदिबारे जान्न सकिन्छ।
यो किल्ला भ्रमणका लागि शनिबारदेखि बिहीबारसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र शुक्रबार दिउँसो ४ बजेदेखि बेलुबाट ८ बजेसम्म खुला हुन्छ।









Shares

प्रतिक्रिया