प्रवास


बेल्जियममा नेपालीको भ्यानमा ट्रक ठोक्कियो, पर्वतका मगरको ज्यान गयो

बेल्जियममा नेपालीको भ्यानमा ट्रक ठोक्कियो, पर्वतका मगरको ज्यान गयो

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १२:३४, काठमाडौँ

बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन जाने क्रममा भएको एक सडक दुर्घटनामा नेपालीको मृत्यु भएको छ।

पर्वतको जलजला घर भएका वीर फगामी मगरले चलाइरहेको भ्यानमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफ्ना रेस्टुराँहरूमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए।

प्रहरीका अनुसार, गत बिहीबार दिउँसो १ बजेतिर फगामीको भ्यान ठूलो ट्रकको पछाडि थियो। पछाडिबाट आएको अर्को ट्रकले उनको भ्यानमा ठक्कर दिएको थियो।

उनका श्रीमती, एक छोरी र दुई छोरा छन्। 

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .