प्रवास


इजरायलबाट फर्किन चाहने नेपालीको विवरण अनलाइनबाट संकलन गरिने

इजरायलबाट फर्किन चाहने नेपालीको विवरण अनलाइनबाट संकलन गरिने

नेपालखबर
असोज २१, २०८० आइतबार २३:१७, काठमाडौँ

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट १० नेपालीको मृत्यु भएको र तिनको नाम चाँडै सार्वजनिक गर्ने त्यहाँस्थित दूतावासले जनाएको छ।


४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन रहेका एकको खोजीकार्य जारी रहेको पनि दूतावासले जानकारी दिएको छ ।


मृतकको शव नेपाल पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।


नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ।


विज्ञप्तिमा लेखिएको छ, 'निधन भएका नेपालीहरुको शव फिर्ता गर्न र इच्छुक नेपालीहरुलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .