लिबियाकाे राजधानी त्रिपाेली नजिकै सशस्त्र समूह र सुरक्षाकर्मीबीच भिडन्त भइरहेकाे छ।
नेपाली सेनाको टोली संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको क्षेत्रमा भिडन्त भइरहेको हो।
तर राष्ट्रसंघीय मिसनमा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेकाे सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
‘त्रिपाेलीमा भिडन्त जारी रहे पनि शान्ति मिसनमा खटिएका नेपाली सेना सुरक्षित छन्’, उनले भने।
त्रिपाेली नजिकैको मितिगा विमानस्थल भिडन्तका कारण बन्द भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
साउन ३१, २०८०, बुधबार
57
Shares
प्रतिक्रिया