अपराध


धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

सुभाष कर्ण
फागुन १९, २०८२ मंगलबार १७:४९, काठमाडौँ

धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन्। विस्फोटमा मिथिला-८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले बताए। 

विस्फोटमा घाइते भएका दुवै बालबालिकाको अवस्था सामान्य रहेको डीएसपी बमले जानकारी दिए। विस्फोट भएको बस्तु के रहेको थियो भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

यस्तै, महोत्तरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। धनुषा र महोत्तरीको सीमामा पर्ने रातो नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेको हो। 

महोत्तरी प्रहरीका अनुसार अहिले शंकास्पद वस्तु फेला परेको ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad