ad ad

अपराध


सप्तरीमा पैसा ननिस्किएपछि एटीएम तोडफोड

सप्तरीमा पैसा ननिस्किएपछि एटीएम तोडफोड

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख १, २०८० शुक्रबार ११:३९, सप्तरी

सप्तरीमा एटीएममा पैसा निकाल्न खोज्दा पैसा नआएपछि दुई युवकले एटीएम तोडफोड गरेका छन्। बिहीबार दिउँसो कृष्णसवरण गाउँपालिका-६ महुली बजारस्थित माछापुछ्रे बैंकको एटीएम तोडफोड भएको हो। 

यही गाउँपालिकाको वडा नं २ बस्ने ३८ वर्षीय सुवासकुमार चौधरी र २५ वर्षीय निराजन चौधरी एटीएममा पैसा निकाल्न गएका थिए। तर पैसा नआएपछि उनीहरूले एटीएमको ढोकामा लात्ताले हानेर तोडफोड गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ। 

उनीहरूलाई तत्कालै सुरक्षागार्डले फेला पारेका थिए। उनले इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराएपछि पुगेको प्रहरीले दुवैजनालाई पक्राउ गरेको छ। 

उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .