कला


‘नम्बरी सुन’मा बेहुली नम्रता उठाएर हिँडेका गौरव

‘नम्बरी सुन’मा बेहुली नम्रता उठाएर हिँडेका गौरव

नेपालखबर
बैशाख १, २०८० शुक्रबार ११:४९, काठमाडौँ

नयाँ वर्षको अवसर पारेर राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्। फिल्म निर्माण टिमले पोस्टर रिलिजसँगै आगामी भाद्र १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ। 

नारायण खातीको कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, लगायत कलाकारको अभिनय छ। 

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हन्। सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर यो सिनेमा निर्माण गरेका हुन्। फिल्मका गीतमा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ। 

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ। विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, मुख्य सहायक निर्देशकमा जीवन गौतम छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .