अपराध


माफी मागेपछि छुटे खेलकुद महासंघका सचिव घोष

माफी मागेपछि छुटे खेलकुद महासंघका सचिव घोष

नेपालखबर
माघ २६, २०८२ सोमबार १४:४७, विराटनगर

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका नेपाल खेलकुद महासंघका सचिव विप्लव घोष माफी मागेपछि छुटेका छन्। 

सुनसरी-४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साहविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा घोष पक्राउ परेका थिए। नेपाल खेलकुद महासंघका कोशी प्रदेश इन्चार्ज समेत रहेका घोषले साहलाई लक्षित गरी भ्रामक र इडिट गरिएको भिडिओ पोस्ट गरेका थिए। 

​प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त भिडिओ नेपालको नभई भारतको रहेको र त्यसलाई नेपाली सन्दर्भसँग जोडेर पोस्ट गरिएको पाइएको थियो। त्यसपछि प्रहरीले घोषलाई पक्राउ गरेको थियो। 

​प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलका क्रममा घोषले आफूबाट गल्ती भएको स्वीकार गरेका हुन्। उनले सामाजिक सञ्जालमा हालेको सामग्रीप्रति माफी माग्दै व्यक्तिगत रूपमा पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि दुवै पक्षबीच सहमति भएको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए। 

आफ्नो आधिकारिक फेसबुक पेजबाट माफी माग्ने र भ्रामक सामग्री हटाउने सर्तमा सहमति जुटेपछि उनलाई रिहा गरिएको डीएसपी खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad