पार्किङ गरेको मोटरसाइकलबाट पेट्रोल चोरी गरेको आरोपमा प्रहरीले कीर्तिपुरबाट एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी वृत्त, कीर्तिपुरबाट खटिएको प्रहरी टोलील्े बर्दियाको गुलरिया नगरपालिका-५ घर भई हाल कीर्तिपुर नगरपालिका-९, टुसालबाट २१ वर्षीय समिर विकलाई पक्राउ गरेको हो। टुलासमै घरमा पार्किङ गरिराखेको बा. २९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले बताए।
त्यसपछि प्रहरीले उनी बस्ने कोठमा खानतलासी लिएको थियो। त्यसक्रममा चोरी थप सामग्री बरामद गरिएको भट्टराईले जानकारी दिए।
उनको कोठाबाट धातुका मूर्ति ४० थान, १५ बन्डल चुरोट, १० वटा मोबाइल, दुई वटा मोटरसाइकल, १० वटा हेलमेट र ५६ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, समिरसँगै चोरीमा संलग्न रहेको आरोपमा बर्दियाको गुलरिया नगरपालिका-५ घर भई हाल कीर्तिपुरमै बस्ने २३ वर्षीय सुवास विक, नुकोटको बेलकोटगढी नगरपालिका-७ घर भई हाल तारकेश्वर नगरपालिका-७ मा बस्ने २८ वर्षीय रमेश सदाशंकर र बर्दियाको बाँसगढी नगरपालिका-७ घर भर्य हाल तारकेश्वर बस्ने २३ वर्षीय सन्देश श्रीपालीलाई प्रक्राउ गरिएको छ।
Shares

प्रतिक्रिया