नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसरको टोलीले गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेल चोकमा खोजतलास गरेको थियो। त्यही क्रममा एक हजारका नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-२ घर भइ हाल काठमाडौँको शंखरापुर नगरपालिका-४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-३ घर भइ हाल साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भइ हाल शंकरापुर-६ बस्ने ४२वर्षीया रेणुका भारती, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-२ घर भइ हाल शंकरापुर-६ बस्ने ६५ वर्षीय गोकर्ण थापा र शंखरापुर नगरपालिका-३ का ४३ वर्षीय सुकबहादुर स्याङ्बो रहेका छन्।
उनीहरूबाट ९३ नाथ हजारका नोट बरामद गरिएको छ। ती सबै नक्कली रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
Shares

प्रतिक्रिया