अपराध


गाँजा नियन्त्रणमा लिन हवाई फायर, दुई भारतीय नागरिक पक्राउ

गाँजा नियन्त्रणमा लिन हवाई फायर, दुई भारतीय नागरिक पक्राउ

नेपालखबर
पुस १३, २०८२ आइतबार १३:२३, विराटनगर

मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले गोली चलाएर गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

मोरङको जहदा गाउँपालिका-२ तारिगामास्थित नेपाल-भारत सीमा नजिक प्रहरीले गए राति एक राउन्ड हवाई फायर गरी ३ सय ३० किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो। गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा गएको टोलीले राति करिब ११ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिने खोजेको थियो। टाउकोमा गाँजाको बोरा बोकेर जाँदै गरेको अवस्थामा प्रहरीलाई देख्ने वितिक्कै गाँजाका बोराहरू फालेर भाग्न खोजेपछि प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेको थियो।

प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको छ। दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए। 

यसअघि पनि सीमा क्षेत्रमा एम्बुलेन्स, स्कारपियो लगायतका सवारीबाट गाँजा तस्करी हुँदै आएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad